+
+

प्रदेश २ मा कृष्ण जन्माष्टमीका दिन पनि सार्वजनिक विदा

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ ४ गते १९:०७

४ भदौ, जनकपुरधाम । प्रदेश २ मा कृष्ण जन्माष्टमीका दिन पनि सार्वजनिक विदा दिइने भएको छ । मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकारले क्यालेण्डरमै कृष्ण जन्मष्टमीको विदा उल्लेख गरिसकेकाले सो दिन विदा दिने बताए ।

यस पटकको कृष्ण जन्माष्टमी भदौ ६ गते शुक्रबारका दिन परेको छ । यो दिन प्रदेश २ मा विदा रहने प्रदेश २ सरकारले जनाएको छ । श्रीकृष्ण प्रणामी युवा परिषद् नेपालले कृष्ण जन्माष्टमीको दिन सार्वजनिक विदाको माग गर्दै मुख्यमन्त्रीलाई बुधबार ज्ञापन पत्र बुझाएपछि मुख्यमन्त्री राउतले यसअघि नै प्रदेश सरकारले क्यालेण्डरमा यो पर्वको विदा उल्लेख गरिसकेको जानकारी दिए ।

मुख्यमन्त्री लालबाबु राउतले धर्म संस्कृतिको सम्बद्र्धनमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताउँदै सर्वधर्म समभावको नीति अवलम्बन गर्दै प्रदेश सरकार काम गरिरहेको बताए ।

मुख्यमन्त्री राउतले कृष्ण जन्माष्टमी जस्तो महान पर्वमा संघीय सरकारले समेत विदा दिनुपर्ने बताउँदै यसका लागि आफूले पहल गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?