+
+

राजतन्त्रका नाममा राजनीति गर्नेहरु डाइनोसर हुन्छन् : मन्त्री बास्कोटा

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ ५ गते १८:५८

५ भदौ, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले पूर्वराजाका नाममा राजनीति नगर्न आग्रह गरेका छन् ।

बिहीबार मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘अब मरेको राजतन्त्रले फँणा उठाउन सक्दैन । राजाका नाममा राजनीति गर्नेहरु डाइनोसर हुनेछन् । चिहानमा आरधना गरेर राजतन्त्र फर्किन सक्दैन ।’

दलहरुमा राजा आउने त्रास बढेको हो भन्ने पत्रकारहरुले राखेको जिज्ञासामा मन्त्री बास्कोटाले राजा आउने हाउगुजी नदेखाउन आग्रह गरे । जन्मँदै शासक हुने संस्कार तोडेर आएको भन्दै उनले २०१७ सालमा जस्तो होला भन्ने नसोच्न पनि आग्रह गरे ।

मन्त्री बास्कोटाले अगाडि भने, ‘कहाँबाट कोबाट ? लावण्य देशबाट आउन लागेको ? नेपालमा त छैन । आउँदो पुस्ताले इतिहास पढ्दा यस्तो थियो भनेर त्यो पढ्ने छ । बाइसे चौबिसे  राज्यदेखि कहाँ कहाँ आइपुग्यो त्यो पढ्नेछ ।’

राजतन्त्रको इतिहास दर्दनाक रहेको उल्लेख गर्दै उनले राजतन्त्र चाहिन्छ भन्नेहरुलाई त्यो नसोच्न आग्रह गर्दै भने, ‘त्यसकारण डाइनोसर डाइनोसर डाइनोसर ।’

तर, प्राप्त उपलब्धीको रक्षार्थ सबै सचेत हुनुपर्ने उनको भनाइ छ ।

उनले लोकतन्त्रको रक्षार्थ सबै लागनुपर्नेमा जोड दिए । ‘लोकतन्त्र सबैको हो । लोकतन्त्र सरकारको ठेक्का हो ? एजेण्डा विकासका सन्दर्भमा हुन सक्छ । विकास र समृद्धिका लागि सबै लाग्नुपर्छ’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?