Comments Add Comment

डोटीकी डेंगु संक्रमित महिलाको उपचारका क्रममा मृत्यु

६ भदौ, डोटी । डोटीमा डेंगुको संक्रमणबाट एक जनाको मृत्यु भएको छ । डेंगु संक्रमित दीपायल सिलगढी नगरपालिका–६, थापलाकी ४२ वर्षीया छत्र मलासीको उपचारका क्रममा बिहीबार मृत्यु भएको हो ।

टाउको दुख्ने,ज्वरो आउने समस्यापछि माया मेट्रो अस्पताल, कैलालीमा भर्ना भएकी मलासीको बिहीबार बिहान उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।

माया मेट्रो अस्पतालका विष्णु जोशीले डेंगुको संक्रमण अत्यधिक भएकाले मलासीलाई बचाउन नसकिएको बताए । ‘डेंगुसँगै स्क्रप टाइफसको संक्रमण मलासीमा देखिएको थियो’, डा. जोशीले अनलाइनखबरसँग भने, ‘डेंगुको संक्रमण धेरै भएकाले हामीले उहाँलाई बचाउन सकेनौं ।

डोटीमा डेंगुको संक्रमणबाट ज्यान गएको यो पहिलो घटना हो । घटनासँगै डोटीका स्थानीयमा त्रास फैलिएको छ ।

यद्यपि, जिल्ला अस्पताल डोटी भने जिल्लामा अहिलेसम्म कसैलाई पनि डेंगुको संक्रमण नभएको बताउँछ । जिल्ला अस्पताल डोटीका चिकित्सक डा. भूषण मिश्रले अहिलेसम्म त्यस्तो रेकर्ड नभेटिएको दाबी गरे ।

डोटीकी छत्र मलासीको मृत्युबारे जिज्ञासा राख्दा उनले परीक्षणपछि मात्रै यसबारे यकिनसँग भन्न सकिने बताए । ‘यसबारे मैले पनि सुनेको छु । परीक्षणपछि मात्रै यसको यथार्थ के हो भन्न सकिन्छ’, उनले भने । उनले यसका लागि किट माग गरिएको जानकारी दिए ।

नेपालको पूर्वी भागमा देखिएको डेंगु विस्तारै डोटी, कैलालीलगायतका जिल्लामा पनि देख्न थालिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment