+
+

विप्लव समूहका कास्की जिल्‍ला इन्चार्ज पक्राउ   

रासस रासस
२०७६ भदौ ६ गते १२:३८

६ भदौ,  कास्की । नेत्रविक्रम चन्द समूहका जिल्ला इन्चार्ज रुपेश भनिने कृष्ण वाग्लेलाई प्रहरीले पक्राउ गरेको छ ।

सो समूहका जिल्ला इन्चार्जसहित दुई जनालाई शुक्रबार बिहान  ८: ०० बजे पोखरा महानगरपालिका–२७ शिसुवाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिए ।

पक्राउ परेका अर्का व्यक्ति भने पत्रकार ओमबहादुर हमाल रहेका छन् । प्रहरीले उनी  पनि विप्लव कार्यकर्ता भएको बताएको छ ।

वाग्ले तनहुँबाट केही हप्ताअघि मात्र सो समूहको जिल्ला इन्चार्जको जिम्मेवारी लिएर यहाँ खटिएका बुझिएको छ । पक्राउ परेकाका बारेमा अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ । सो समूहका जिल्ला सेक्रेटरी सुजन विकसमेत गत महिना पक्राउ परिसकेका छन् ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?