+
+

सरकारले निर्वाचन आयोगलाई प्रभावित पार्न खोज्यो : कांग्रेस

उपसचिव सरुवाको विरोध

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ ९ गते १४:२३

९ भदौ, काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले उपचुनावको तयारीमा रहेको निर्वाचन आयोगलाई प्रभावमा पार्न खोजेको आरोप लगाएको छ । उपचुनावको मिति घोषणा भइसकेको अवस्थामा सरकारले कर्मचारी सरुवा गरेको भन्दै कांग्रेसले आपत्ति जनाएको हो ।

सोमबार संसदको बैठकमा विशेष समय लिएर बोल्दै कांग्रेस सचेतक पुष्पा भुसालले ४ भदौमा ७६ सहसचिवलाई सरुवा गरिएको भन्दै आपत्ति जनाएकी हुन् ।

सहसचिव सरुवा गर्दा वरिष्ठताका आधारमा प्रदेश मन्त्रालयमा सचिव बनाएर पठाउने आफ्नो नीतिगत निर्णय उल्लंघन भएको र कसैलाई काखा र कसैलाई पाखा गरिएको उनको दाबी छ ।

उपचुनावको तयारीमा रहेको निर्वाचन आयोगका सहसचिवहरुको पनि सरुवा भएको भन्दै कांग्रेस सचेतक भुसालले भनिन्, ‘प्रमुख प्रतिपक्ष सशशंकित भएको छ कि सरकारले निश्पक्ष निर्वाचन गर्न खोजेको हो कि होइन ?’

उपचुनाव १४ मंसिरमा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?