+
+

एनआईसी एसिया रेमिटको चाडपर्व लक्षित थप सुविधायुक्त योजना

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ १३ गते १७:१४

एनआईसी एसिया बैंकले दशैंतिहारको अवसरलाई मध्यनजर गर्दै अब हरेक पटक विदेशस्थित वर्ल्ड रेमिटबाट नेपालमा रकम पठाउँदा रकम प्राप्त गर्ने व्यक्तिलाई नगद १ सय रुपैयाँको मोबाइल रिचार्ज तथा बैंकको खातामा रकम पठाउँदा बैंकको तर्फबाट खातामा ३ सय ७५ रुपैयाँ बोनस क्रेडिट गर्ने योजना ल्याएको छ ।

विप्रेषण रकम बैंकका शाखा कार्यालय, एक्सटेन्सन काउन्टर, शाखारहित बैंकिङ इकाई एवं ९ हजार रुपैयाँभन्दा बढी सहायक प्रतिनिधिमार्फत् सरल र सुलभ रुपमा भुक्तानी पाउन सकिने छ । योजना अंग्रेजी महिनाको सेप्टेम्बर १, २०१९ देखि अक्टोबर ३१, २०१९ सम्म २ महिनाको लागि लागू हुनेछ ।

यो सुविधाबाट चाडपर्वको समयमा झन्झटरहित तरिकाबाट धेरै शाखा सञ्जाल भएको यस बैंकमार्फत् सजिलै रकम पठाउन र निकाल्न सकिने र ग्राहकले उच्चतम् लाभ लिन सक्ने विश्वास बैंकले लिएको छ ।

बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा बैंकको मुलुकभर २ सय ९७ शाखा कार्यालय, ३ सय ५० एटीएम, ५८ वटा एक्स्टेन्सन काउन्टर एवं ४१ वटा शाखारहित बैंकिङमार्फत् बैंकिङ सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।

करीब १८ लाख ग्राहकका साथ सञ्चालनमा रहेको बैंकका प्रमुख वित्तीय परिसूचक अत्यन्त उत्साहप्रद रहेका छन् । उत्तरदायी बैंकिङको अभ्यास गर्दै आएको बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी करीब १० अर्ब ८ करोड रुपैयाँभन्दा बढी राजस्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ भने वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रुकुम, जुम्ला, सल्यानजस्ता बैंक तथा वित्तीय संस्थाको उपस्थिति न्यून रहेका दुर्गम जिल्लामा तथा कुनै पनि बैंक तथा वित्तीय संस्था नपुगेको ३४ भन्दा बढी स्थानीय निकायमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?