Comments Add Comment

भारतलाई हान्न सबैखाले परमाणु वम छः पाकिस्तानी मन्त्री

काठमाडौं । पाकिस्तानका रेलमन्त्री शेख रशीद अहमदले आफ्नो देशमा रहेका स–साना परमाणु बमले भारतलाई सजिलै निशाना लगाउन सक्ने चेतावनी दिएका छन् ।

पाकिस्तानसँग १२५ देखि २५० ग्रामसम्मको सानो परमाणु बम रहेको भन्दै उनले पाकिस्तानको श्रीनगरको लालचोकसँग रगतको सम्बन्ध रहेको बताए । सन् १९४७ को जस्तै अवस्था आएको भन्दै मन्त्री रशीदले कश्मीरमा पाकिस्तानले केही गर्न सक्ने चेतावनी दिए ।

रशीदले भने, ‘भारतले लाहौरतर्फ आक्रमण बढायो भने हामी स्मार्ट बमले भारतीय सेनाको फौजलाई उडाइ दिनेछौँ । हामीसँग सानो–ठूलो दुवै गोली छन् ।’

कश्मीरले पाउँदै आएको विशेष राज्यको दर्जा भारत सरकारले खारेज गरेपछि पाकिस्तान र भारतबीच सम्बन्ध चिसिँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment