+
+

करिअरमा गम्भिर प्रिज्मा र प्रिन्सी

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ १७ गते १५:२९

प्रिज्मा र प्रिन्सी खतिवडाको जन्म ५ मिनेटको फरकमा भएको हो । यी दुई जुम्ल्याहा दिदीबहिनी टिकटकमा खुबै हिट छन् । उनीहरुको टिकटकमा ५२ लाख भन्दा बढी फलोअर्स पनि छन् । अनलाइनखबरसँग कुरा गर्दै यी दुइले टिकटकमा यसरी हिट भइन्छ भनेर कहिले नसोचेको बताए ।

सुरुवातमा रहरैले टिकटक बनाउने यी दुइको एउटै शैलीका कारण पनि मन पराउने यसरी बढेका हुन सक्छन् । अब, त उनीहरुलाई टिकटक हिट मात्र भन्न मिल्दैन । किनकी, यी दुइले आधा दर्जन बढी म्यूजिक भिडियोमा पनि काम गरिसकेका छन् ।

यी दुइलाई चलचित्रबाट पनि अफर नआएको होइन । तर, चलचित्रमा आउनु अगाडि अभिनयलाई अझै गहिरो तरिकाले वुझ्ने उनीहरुको योजना छ । म्यूजिक भिडियोमा काम गर्दा पनि यी दुइले गीत, गायक–गायिका सबै हेर्छन् । यसैले थोरै तर राम्रो गीतमा काम गर्ने उनीहरुको सोच छ ।

कतिपयले टिकटकमा हिट भएको भन्दै कलाकार बनाउँदा वास्तविक कलाकारले काम नपाएको र ओझेलमा परेको आरोप समेत लगाउँछन् । यसमा उनीहरुको चित्त पहिले दुख्थ्यो । तर, अब दुबैले यो कुरा राम्रोसँग वुझेका छन् । दुबैले एकै स्वरमा भने–‘हामीलाई पनि सुरुवातमा यो कुरा सुन्दा दुख लागेको थियो । तर, सबैलाई एउटै सूचीमा राखेर मुल्यांकन गर्न हुँदैन । कतिपयमा राम्रै प्रतिभा हुन्छ ।’

उनीहरुले, अब म्यूजिक र चलचित्रमा नै करिअर सोचेको बताएका छन् ।

तस्वीरः शंकर गिरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?