+
+

दोश्रो अन्तराष्ट्रिय विमानस्थल निजगढमा नै बन्नुपर्छः राजपा

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ १७ गते १९:५७

१७ भदौं, काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले दोश्रो अन्तराष्ट्रिय विमानस्थल बाराको निजगढमा नै बन्नुपर्ने प्रतिवद्धता जनाएको छ ।

राजपाका नेता समेत रहेका प्रदेश २ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री राम नरेश रायले विमानस्थल बनाउन प्रदेशभित्रकै अरु खाली जमिन प्रयोग गर्न सकिने अभिव्यक्ति दिएका थिए ।

मन्त्री रायको उक्त अभिव्यक्ति विपरीत राजपाले कुनै पनि बहाना देखाएर विमान स्थल निर्माण कार्यलाई अन्यन्त्र सार्न नहुने पार्टीको धारणा सार्वजनिक गरेको हो ।

अध्यक्ष मण्डलको बैठकपछि राजपाका संयोजक राजकिशोर यादवले मंगलबार एक प्रेस विज्ञप्ती जारी गर्दै प्रदेश सरकारसँग समन्वय गरेर समग्र पर्यावरणीय प्रभाव मुल्याङ्कन गरी द्रुत गतिमा विमान स्थल निर्माणका कार्य थाल्न आग्रह गरेका छन् ।

विमानस्थल निर्माण गर्दा अनावश्यक रुख नकाट्न, वनस्पति एवं वन्यजन्तुको विनास रोक्न, वन्यजन्तुको विचरण एवं जैविक मार्गलाई बाधा नपु¥याउन, वनदेखि तल्लो क्षेत्रका बासिन्दाको पिउने पानी तथा नदीनालामा असर नपुग्ने गरी गम्भीरता पूर्वक निर्माण कार्य अघि बढाउन राजपाले सुझाव दिएको छ ।

प्रदेशमा वन क्षेत्र ४० प्रतिशत पु¥याउने लक्ष्य गरिएकामा रुख काटेर विमास्थल बनाउँदा वन क्षेत्र घट्ने भएकाले खाली जमिन उपयोगका लागि सुझाव दिने तयारी गरेको भनी मन्त्री रायको भनाइ सार्वजनिक भएको थियो ।

यसैबीच राजपाले संविधान संसोधनको मुद्धा अहिलेसम्म सम्वोधन नभएको भन्दै संविधान जारी भएको असोज ३ गतेका दिन देशव्यापी रुपमा विरोध दिवस मनाउने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?