+
+

सुपुर्दगी विधेयक फिर्ता लिने घोषणा

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ १८ गते २०:३४

१८ भदौ, काठमाडौं । महिनौंदेखिको विरोधपछि हङकङकी प्रमुख कार्यकारी क्यारी लामले सुपुर्दगीसम्बन्धी विधेयक फिर्ता लिने घोषणा गरेकी छन् ।

गत अप्रिलमा ल्याइएको विधेयकमा संदिग्ध अपराधीलाई चीन सुपुर्दगी गर्न मिल्ने व्यवस्था प्रस्ताव गरिएको थियो । त्यसको विरोधमा लाखौं मानिस सडकमा आएपछि लामले विधेयक स्थगितको घोषणा गरिन् ।

तर आन्दोलन रोकिएन । विधेयक पूर्ण रुपमा फिर्ता हुनुपर्ने माग गर्दै सरकारविरोधी प्रदर्शन भइरह्यो । आन्दोलनकारीले विश्वकै व्यस्त मानिने विमानस्थलसमेत अवरुद्ध पारेका थिए ।

बुधबार टेलिभिजनमार्फत सम्बोधन गर्दै प्रमुख कार्यकारी लामले विधयेक फिर्ता लिने घोषणा गरिन् । साथै विरोध प्रदर्शनका क्रममा प्रहरीले गरेको व्यवहारबारे जारी छानविनमा दुई वरिष्ठ अधिकारीलाई समावेश गर्ने बताएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?