
Photo Credit : brisbane2bristol.wordpress.com
२३ भदौ, काठमाडौं । नेपाली महिलाहरु चीन तस्करी हुने गरेको घटनाको विरोधमा सोमबार नेपाली महिलाको एक समूहले चिनियाँ राजदूतावास बाहिर प्रदर्शन गरेको छ ।
चिनियाँ विदेशमन्त्री वाङ यी नेपाल आएको बेला पारेर उनीहरुले चिनियाँ राजदूतावासबाहिर प्रदर्शन गरेका हुन् ।
भदौ दोस्रो साता नेपाली महिलालाई बेहुली बनाएर चीन लैजाने गिरोहमा संलग्नलाई ६ जना नेपाली र ४ जना चिनियाँ पक्राउ परेपछि सो घटनाको रहस्य खुलेको थियो ।
प्रदर्शनमा सहभागी १० जनालाई पक्राउ गरी नेपाल पुलिस क्लबमा राखिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी उत्तमराज सुवेदीले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4