+
+

करेन्ट लागेर दाङमा १ को मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ ३० गते ११:५०

३० भदौ, दाङ । करेन्ट लागेर दाङमा एक व्यक्तिको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार घोराही उपमहानगरपालिका– १६ स्थित गुर्जेखोलाको पुल नजिकै सोही पुल निर्माणको काम गर्न बसेका एक व्यक्तिको मृत्यु भएको हो ।

आइतबार साँझ ७ बजेतिर करेन्ट लागेर कञ्चनपुर लालझरी गाउँपालिका ६ निवासी २३ वर्षीय शिवराज चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक विनोदविक्रम शाहले बताए । दाहिने हातमा करेन्ट लागेर गम्भीर घाइते भएका उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि लैजाँदै गर्दा मृत्यु भएको हो ।

त्यस्तै, दाङकै नदीमा बगेर एक बेपत्ता भएका छन् । आइतबार ६ बजेतिर लमही नगरपालिका–६, मध्यनगर निवासी ६५ वर्षीय दंखु चौधरीलाई राप्ती नदीले बगाउँदा बेपत्ता भएका हुन् । नदी तर्ने क्रममा उनलाई नदीले बगाएको थियो ।

उता, दाङको तुलसीपुर उपमहानगरपालिका–१९ हिडिमे डाँडागाउँस्थित फागुना चौधरीको मकै बारीमा पाँच÷छ महिनाको नवजात शिशुको शव परेको छ । आइतबार साँझ शिशुको शव फेला परेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?