+
+

वीरगञ्जबाट पौने २ लाखको कपडा र मोटर पार्टस बरामद

अनलाइनखबर अनलाइनखबर
२०७६ असोज १ गते १७:३०

१ भदौ, वीरगञ्ज । सशस्त्र प्रहरीले वीरगञ्जबाट १ लाख ७९ हजार रुपैयाँको कपडा र मोटर पार्टस बरामद गरेको छ । भारतको रक्सौलबाट अवैध रुपमा भन्सार छली पैठारी गरी नेपाल तर्फ ल्याउँदै गर्दा समान बरामद गरिएको हो ।

वीरगञ्ज भन्सारको सुरक्षा तथा गस्तीका लागि खटिएको सशस्त्र प्रहरीको टोलीले चेकजाँच गर्ने क्रममा १ लाख ७९ हजार २ सय १० मूल्य बराबरको लत्ताकपडा र मोटरपार्टस बरामद गरिएको सशस्त्र प्रहरी नायब उपरीक्षक अमर खत्रीले जानकारी दिए ।

बरामद गरिएको समान आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालय पर्सामा पठाईएको सशस्त्र प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?