Comments Add Comment

संविधान दिवसको मानपदवी सत्ता निकटलाई, आफूले आफैंलाई सिफारिस गरेर विभूषित

४ असोज, काठमाडौं । सरकारले संविधान दिवसको अवसर पारेर वितरण गर्ने मानपदवी तथा विभूषणबाट शक्ति र सत्ता वरिपरि हुनेमात्रै विभूषित हुने गरेको देखिएको छ । एक व्यक्तिले त आफूले आफैंलाई सिफारिस गरेर पनि पदक पाएका छन् ।

यो समाचार आजको नागरिक दैनिकले लेखेको हो । समाचारमा लेखिएको छ, ‘विभुषण समितिमा रहेका अवकाशप्राप्त उपरथि विनोदकुमार श्रेष्ठले आफूले आफैंलाई प्रस्ताव गरेर विभूषित भएका छन् ।’

मन्त्रिपरिषदको सिफारिसमा शुक्रबार संविधान दिवसको अवसर पारेर बिभिन्न मानपदवी र अलंकार घोषणा गरिएको छ । यस्ता मानपदवी, अलंकार तथा विभूषण राष्ट्रपतिले दिने प्रचलन छ । शुक्रबार घोषणा गरिएका मानपदवी प्रधानमन्त्रीका निजी चिकित्सक, सत्ता निकटका व्यापारी, सत्तारुढ दल नेकपाका पत्रकारसम्मले पाएका छन् ।

कान्तिपुर दैनिकमा माथिल्लो डोल्पाका बासिन्दाले यार्सा गुम्बा बेचेको कमाइले मोटरसाइकल किनेर चढ्न थालेको समाचार छ । समाचारमा लेखिएको छ, ‘घोडा र याकको भर पर्नुपर्ने बस्तीमा हिजोआज टापको आवाज कतैकतै मात्र सुनिन्छ । बरु बस्ती थर्किने गरी मोटरसाइकल गुड्छन्, स्पीकरमा तिब्बती गीत घन्काउँदै ।’

डोल्पाको बुद्धडोल्पो गाउँपालिकामा हिजोआज बाटो नै जाम हुने गरी मोटरसाइकल कुद्न थालेको समाचारमा उल्लेख छ ।

अन्नपूर्ण पोष्ट दैनिकले सन् २०२० लाई भ्रमण वर्ष घोषणा गरेर २० लाख पर्यटक भित्राउने लक्ष्य सरकारले लिए पनि त्यो अनुसारको तयारी सुस्त देखिएको समाचार छापेको छ ।

अन्नपूर्णमा महोत्तरी जिल्लालाई खुला दिसामुक्त घोषणा गरिए पनि त्यो कागजमात्र मात्र सीमित रहेको समाचार पनि छ । समाचारसँगै भित्तो नभएको र प्यान राखिएको शौचालय अगाडि बसेर बालकले खाना खाइरहेको तस्वीरसहित पनि छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment