
८ असोज, जनकपुरधाम । धनुषाको गणेशमान चारनाथ नगरपालिकामा करेन्ट लागेर एकै परिवारका दुई जनासहित तीन जनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार मृत्यु हुनेमा स्थानीय शिवकुमार महतो, उनका श्रीमती र एक कामदार रहेका छन् ।
महतोले पुर्वेली स्टाफ होटल सञ्चालन गरेका थिए । सोही होटलमा सुतिरहेका महतो, उनका श्रीमती र कामदारको करेन्ट लागेर मृत्यु भएको धनुषाका प्रहरी प्रमुख एसपी शेखर खनालले जानकारी दिए । मृतक कामदारको पहिचान भएको छैन।
घरमा सुतिरहेका बेला विद्युत सर्ट भएपछि तार जलेर तल खस्दा उनीहरुलाई करेन्ट लागेको प्रहरीको अनुमान छ । विहान ढिलोसम्म होटल नखोलेपछि स्थानीयले गएर हेर्दा मृत भेटेपछि प्रहरीलाई खबर गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4