+
+

चरेशसहित हेटौंडाबाट एक युवती पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७६ असोज ९ गते १२:५२

९ असोज, हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१० बसपार्कबाट अवैध लागूऔषध चरेशसहित एक जना युवतीलाई प्रहरीले बिहीबार पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पर्सा पटेर्वा सुगौली गाउँपालिका-१ बस्ने २४ वर्षीया गिता राई रहेको प्रहरीले जनाएको छ । उनको साथबाट प्रहरीले ५ केजी अवैध लागूऔषध चरेश बरामद गरेको छ ।

काठमाडौंबाट धरान जाँदै गरेको बा ४ ख ८०६० नम्बरको बसमा चेकजाँच गर्दा राईको साथबाट ५  केजी लागूऔषध चरेस बरामद भएको मकवानपुरका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिए ।

यस्तै प्रहरीले भक्तपुर ठिमीबाट हेन्डिल लक तोडी चोरेर ल्याउँदै गरेको लु ५४ प ६०९८ नम्बरको मोटरसाइकलसहित रौतहट चन्द्रपुर नगरपालिका वडा नम्बर ८ का १८ बर्षीय अविनाश चौधरीलाई पनि पक्राउ गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?