+
+

डल्लुमा खुल्यो सुजुकीको अत्याधुनिक सर्भिस सेन्टर (भिडियो)

अनलाइनखबर अनलाइनखबर
२०७६ असोज ९ गते ९:५५

९ असोज, काठमाडौं । सिजी अटोमोटिभ्स डिभिजन अन्तर्गतको सिजि होल्डिङ्गस् तथा सुजुकी फोर हृवीलर्स नेपालले हालै काठमाडैंको डल्लूमा आधिकारिक सर्भिस सेन्टरको शुभारम्भ गरेको छ । उक्त शोरुमको उद्घाटन शुजुकी मोटर कर्पोरेशन जापानका प्रबन्ध अधिकारी किन्जी साइटो र सिजि होल्डिङ्गसका प्रबन्ध निर्देशक अरुण चौधरीले सामूहिक रुपमा गरे ।

हालै सञ्चालनमा ल्याइएको सर्भिस सेन्टर २३३८१.५२ स्क्वायर फिटको विशाल क्षेत्रमा फैलिएको छ । सर्भिस सेन्टरमा प्रतिमहिना २००० कारको सर्भिस क्षमता रहेको छ ।
यहाँ ११ वटा क्षेत्रहरु रहेका छन् जसमा २ वटा एक्स्पे्रेस तथा एकवटा हृवील अलाइनमेन्ट क्षेत्र रहेका छन् । सुजुकीको डाइग्नोस्टिक टुल्सहरुद्वारा सुसज्जित गरिएको सेन्टरमा 3D Wheel Alignment System, Auto Brake Bleeder, Centralized Lubricant System, Fuel Injector Cleaners, Air Condition Refilling, Leakage Detector, Compressor Testing System, Wheeler Balancer, Digital Pressure Gauge, Econo Tester for Mileage Check, Refractometer, Oil Pressure Gauge तथा सुजुकीको गाइडलाइन अनुसारका सम्पूर्ण स्पेसियल टुल्सहरु राखिएको छ ।

विक्रीपछिको सहज एवं गुणस्तरीय सेवा प्रदान गर्न ग्राहकमुखी सेवा युनिटको स्थापना गरिएको छ, जसले ग्राहकलाई सर्भिसिङ्गको जानकारी प्रदान गरी ं पोस्ट सर्भिस क्वालिटी चेक समेत गर्ने गर्दछ ।

सर्भिस सेन्टरमा अत्याधुनिक प्रविधिको प्रयोग गरिएको छ । सिजि मोटोकर्पले आफ्ना सम्पूर्ण सर्भिस टिमहरुलाई उच्चतस्तरीय ट्रेनिङ्ग समेत प्रदान गरेकोछ । पिक एण्ड ड्रप सिस्टम तथा मोबाइल सर्भिस भ्यानको समेत सुविधा उपलब्ध गरिएको छ ।

“ग्राहकको सन्तुष्टिलाई नै प्रमुख सेवाको रुपमा लिइएको हुँदा हामीले सुजुकी गाडीहरुको गुणस्तरीय सर्भिसिङ्गको लागि लगानी गरेका छौं । हामीले ७० किलोमिटर अर्धव्यासमा सर्भिस टचप्व्ााइन्टको स्थापना गर्ने उद्देश्य सहित डल्लुमा सर्भिस सेन्टर स्थापना गरिएको हो” बिजिनेश युनिट प्रमुखश्याम श्रेष्ठले भने ।

नेपालमा सुजुकीको ३६ स्थानमा सेल्स आउटलेटहरु, ३९ स्थानमा सर्भिस सेन्टरहरु तथा ३५० भन्दा बढी पार्टस् आउटलेटहरु छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?