Comments Add Comment

फस्टलुकसँगै विराजको ‘साङ्लो’को प्रदर्शन मिति तय

नायक विराज भट्टले आफ्नो स्टाइललाई नछाडेको चलचित्र ‘साङ्लो’को फस्टुलकबाट पनि वुझ्न सकिन्छ । आफ्नो एक्सन स्टाइललाई अगाडि बढाउँदै विराजले आफू निर्मित तथा निर्देशित चलचित्रको फस्टलुक र प्रदर्शन मिति सार्वजनिक गरेका छन् ।

विराजले निर्देशन गरेको यो चलचित्र फागूणको ९ गतेबाट रिलिज हुने भएको छ । सुरुवातमा यो चलचित्र कात्तिक १५ गते रिलिज हुने बताइएपनि काम नसकिएको भन्दै प्रदर्शन मिति सारिएको थियो ।

चलचित्र ‘साङ्लो’लाई एक्सन र सामाजिक कथामा निर्माण गरिएको वुझिएको छ । चलचित्रमा निकिता चण्डक नायिकाको रुपमा छिन् । तर, फस्टलुकमा विराजले आफ्नो अनुहार मात्र बिकाउन खोजेको देखिन्छ ।

चलचित्र ‘आमा’ले फागूण ९ लाई यसअगाडि नै प्रदर्शन मिति तय गरेकाले अब विराजको चलचित्रसँग जुध्ने पक्का भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment