+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

दुर्गन्ध फैलाएको भन्दै भरतपुरमा सार्वजनिक शौचालय बन्द गर्न माग

अनलाइनखबर अनलाइनखबर
२०७६ असोज १२ गते १८:४६

१२ असोज, चितवन । भरतपुरस्थित चौविसकोठीको सार्वजनिक शौचालयले दुर्गन्ध बढाएको भन्दै स्थानीय व्यापारीले हटाउन माग गरेका छन् ।

भरतपुर विमानस्थलले बनाएको व्यावसायिक भवनको सटरका ब्यापारीले नजिकैको सार्वजनिक शौचालयका कारण व्यवसाय सञ्चालनमा कठिनाइ भएको दुखेसो पोखेका छन् । मासिक ४५ हजार रूपैयाँ भाडा तिरेर खाजा घर चलाउने प्रेमप्रसाद न्यौपानेले शौचालयको गन्धले सेवाग्राहीहरु खाजा खान समेत नआएको बताए ।

‘शौचालयको दुर्गन्धले नाक थुनेर बस्नुपर्ने अवस्था रहेको छ, गन्धले खान कोही मान्दैनन्’ सञ्चालक न्यौपानेले भने, ‘केही गरौला भनेर व्यवसाय गरेको उठेर हिँड्नुपर्ने अवस्था आयो ।’ चौविसकोठीमा यही एउटा मात्रै सार्वजनिक शौचालय छ ।

सो भवन ठेक्का लिएर सञ्चालन गर्दै आएको हिरोज कन्स्ट्रक्सन प्रालिले पत्रकार सम्मेलन गर्दै सार्वजनिक शौचालयले फैलाएको दुर्गन्धका कारण व्यवसायी मारमा परेको बताए । उक्त कम्पनीका प्रतिनिधि वच्चन कार्कीले भरतपुर महानगरपालिकालाई सार्वजनिक शौचालयको उचित व्यवस्थापन गरिदिन पटकपटक अनुरोध गरेपछि काम नभएको बताए । उनले सार्वजनिक शौचालय हटाएमा आफूहरुले व्यवसायिक भवनका शौचालय सर्वसाधारणका लागि निशुल्क रुपमा प्रयोग गर्न दिने बताए ।

ब्यापारीहरुले फुटपाथमा सामान बेच्च्नेहरुका कारण ब्यापार नभएको गुनासो पनि गरेका छन् । सटर भाडामा लिएर फलफूलको पसल गरेकी प्रसिद्धि फेन्सी एण्ड फलफूल पसलकी सञ्चालक पदमा कुँवरले फुटपाथका व्यवसायीहरुलाई महानगरले व्यवस्थित नगर्दा व्यवसाय धरासयी भएको गुनासो गरिन् ।

फुटपाथ व्यवसायीलाई हटाउन खोज्दा उनीहरुले उल्टै आक्रमण गर्ने गरेको कुँवरले बताइन् । नगर प्रहरीले धपाउन्जेल फुटपाथ व्यवसायीहरु भाग्ने र प्रहरी गएपछि तुरून्तै सोही स्थानमा आउने गरेको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?