+
+
WC Series
पोखरा एभेन्जर्स 2025
31/2 (4.6)
VS
९० बलमा १३५ रन आवश्यक
काठमान्डु गोर्खाज 2025
165/8 (20)
Shares

‘सोले’का कालियाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७६ असोज १३ गते ११:२१

१३ असोज, काठमाडौं । भारतको सर्वाधिक चर्चित फिल्म ‘सोले’ तपाईंले हेर्नुभएको भए कालिया नाम पात्रलाई बिर्सिनुभएको छैन होला । उक्त फिल्ममा गब्बर सिंहले बोल्ने डाइलग ‘अब तेरा क्या होगा कालिया’ अहिले पनि प्रयोगमा आउने गर्छ ।

उनै कालिया अर्थात् विजु खोटेको ७७ वर्षको उमेरमा सोमबार निधन भएको छ । केही समयदेखि अस्वस्थ रहेका उनको ‘मल्टिपल अर्गान फेलर’ का कारण आफ्नै घरमा बिहान ६ः५५ मा निधन भएको हो । अस्पतालमा मर्न नचाहेकाले उनलाई केही दिनअघि मात्र घर फर्काइएको थियो ।

खोटेले सोलेबाहेक करिब ३ सय वटा हिन्दी र मराठी फिल्ममा अभिनय गरेका थिए । उनले ‘अन्दाज अपना अपना’ मा निभाएको ‘रोबर्ट’ को भूमिका पनि चर्चित छ । सो फिल्ममा उनले बोल्ने डाइलग ‘गल्ती से मिस्टेक हो गया’ लाई पनि निकै रुचाइएको थियो ।

रोचक कुरा के भने ‘सोले’बाट अत्यधिक चर्चा पाए पनि खोटेको सो फिल्ममा जम्मा दुई सिन मात्र थियो । सोले सुपरहिट भएपछि उनले गब्बर सिंहको भूमिकामा अभिनय गरेका अमजद खानसित अरू पनि धेरै फिल्ममा सँगै काम गरे ।

सन् १९४१ मा मुम्बईमा जन्मेका खोटे सन् १९६४ देखि बलिउडमा सक्रिय थिए । ‘मल्टिपल अर्गान फेलर’ का कारण उनको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?