+
+

कपनको जुवाखालबाट १९ लाख रुपैयाँसहित २१ जुवाडे पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७६ असोज २६ गते ७:२१
Photo Credit : सांकेतिक तस्वीर

२६ असोज, काठमाडौं । नेपाल प्रहरीले काठमाडौंको कपनबाट १८ लाख ९२ हजार रुपैयाँसहित २१ जुवाडेलाई नियन्त्रणमा लिएको छ ।

महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले गएराति १० बजे नगद रुपैयाँसहित जुवाडेहरूलाई नियन्त्रणमा लिएको हो ।

बौद्ध प्रहरीले जुवा खेलिरहेको अवस्थामा १८ लाख ९२ हजार रुपैयाँसहित २१ जनालाई नियन्त्रणमा लिइएको बताएको छ ।

पक्राउ परेका सबैलाई अहिले प्रहरी वृत्त बौद्धमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

बौद्ध क्षेत्रमा लामो समयदेखि जुवाखालहरू सञ्चालन हुँदै आइरहेका छन् । गत माघ र चैतमा प्रहरीले सञ्चालन गरेको अपरेसनका क्रममा यो क्षेत्रबाट जुवा खेलिरहेको अवस्थामा व्यवसायीलगायत पक्राउ परेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?