+
+

औषधि पसलबाट लागुऔषध कारोबार, दुईजना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७६ असोज २७ गते १९:०६

२७ असोज, विराटनगर । मोरङमा प्रहरीले औषधि पसलबाट लागुऔषध बिक्री गर्ने दुई जनालाई पक्राउ गरेको छ ।

इटहरी उपमहानगरपालिका– २ पशुपति चोकका २० बर्षका असिम श्रेष्ठ र सुन्दरहरैचा नगरपालिका– ४ का २६ बर्षका नरेश यादवलाई पक्राउ परेका हुन् ।

प्रहरीले श्रेष्ठलाई असोज २३ गते सुन्दरहरैंचा नगरपालिका–१० स्थित पूर्वपश्चिम राजमार्गमा चेकजाँचका क्रममा पक्राउ गरेको थियो । को १३ प १२६७ नम्बरको मोटरसाइकलमा सवार श्रेष्ठको साथबाट स्पासपेन १६७० पिस, केटाडोल १६२० पिस, रिमाडोल– ६ पिस लागुऔषध बरामद भएको थियो ।

श्रेष्ठमाथि अनुसन्धान गर्ने क्रममा इटहरी २ मा तिरुपती मेडिकल पसल सञ्चालन गर्दै आएका नरेश यादवलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक विश्व अधिकारीले बताए ।

यादवले सञ्चालन गरेको पसलबाट डाइलक्स डिसीको दुईवटा खाली बोतल, स्पापेन २१९ पिस, स्पास्मो १९ पिस भेटिएको अधिकारीले जानकारी दिए । पक्राउ परेकाहरुमाथि म्याद थप गरी अनुसन्धान सुरु गरिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?