Comments Add Comment

हत्या आरोपी आलमलाई रिहा गर्न माग गर्दै कांग्रेसको प्रदर्शन

२७ असोज, काठमाडौं । सामूहिक हत्या आरोपमा पक्राउ परेका निलम्वित सांसद तथा पूर्व मन्त्री मोहम्मद अफताब आलमलाई निशर्त रिहाइ गर्नु पर्ने माग राख्दै नेपाली कांग्रेसले रौतहटमा प्रदर्शन गरेको छ । २०६४ चैत २७ गते राजपुरमा भएको बम विस्फोटको घट्नामा संलग्न भएको आरोपमा पक्राउ परेका आलममाथि प्रहरीले अनुसन्धान गर्न नहुने माग राखेर कांग्रेसले सोमबार रौतहटका विभिन्न स्थाननमा विरोध प्रदर्शन गरेको हो ।

कांग्रेस रौतहट–४ का क्षेत्रीय सभापति रामस्नेही राय यादवले पार्टीको जिल्ला कार्यसमितिको निर्देशन अनुसार विरोध गरेको कार्यक्रम गरेको अनलाइनखबरलाई जानकारी दिए । वृन्दावन नगरपालिकाको मेयर समेत रहेका यादवले राज्यले अपराधी हो की होइन भन्ने विषयमा अनुसन्धान अगाडि बढाए आफूले आन्दोलनलाई निरन्तरता दिने बताए ।

कांग्रेस रौतहटका जिल्ला सभापति कृष्णप्रसाद यादवले कम्युनिष्ट पार्टीको सरकारले कांग्रेस कार्यकर्ताको मनोबल गिराउन आलमलाई पक्राउ गरेको दाबी गरे ।

बम विस्फोटमा परी घाइते भएका त्रिलोकप्रताप सिंह, ओसी अख्तर लगायतलाई जिउँदै इट्टाभट्टामा जलाइएको आरोपमा पूर्व मन्त्री आलमलाई प्रहरीले आइतबार पक्राउ गरेको हो । रौतहट २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित आलमलाई संसद सचिवालयबाट निलम्बन गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment