+
+

नेपालको विकासमा चीन सकारात्मक : महासचिव पौडेल

अनलाइनखबर अनलाइनखबर
२०७६ असोज ३० गते १९:२३

३० असोज बुटवल । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलले सरकारले चीनसँग नयाँ उचाइको सम्बन्ध निर्माण गरेको बताएका छन् ।

रुपन्देहीको सैनामैनामा बिहीबार आयोजित एक कार्यक्रमपछि पत्रकारहरुसँग कुरागर्दे उनले नेपालको विकासमा चीन सरकार सकारात्मक देखिएको बताए ।
भर्खरै चीनियाँ राष्ट्रपति सि चिनफिङले नेपालको दुई दिने राजकीय भ्रमणपछि नेपालको विकासको गतिमा फरक पर्ने उनले बताए ।

‘भ्रमण सकारात्मक भयो, दुई देशबीचमा भएका सहमतिका नतिजाहरु आउने दिनमा देखिन थाल्नेछन्’ महासचिव पौडेलले भने । सरकारले छिमेकीसँग सम्बन्ध बढाएको उनको भनाइ थियो । नेपाल–भारत बीचको समबन्ध राम्रो भएको उल्लेख गर्दै उनले चीनसँको सम्बन्धलाई सरकारले गुणात्मक रुपमा अगाडि बढाएको बताए ।

महासचिव पौडेलले नेपाल र नेपालीको हितमा सरकारले सम्बन्ध बढाएको चर्चा गरे । नेपालको विकासमा चीन र भारतको दह्रो साथ, समर्थन रहेको समेत उनको दाबी थियो ।

चिनियाँ पर्यटक यसपाली ठूलो संख्यामा नेपाल घुम्न आउने भन्दै उनले यो अवसरलाई लुम्बिनीसँग जोडेर अघि बढ्नुपर्ने समेत बताए ।

चीनसँगको सम्बन्धले बुटवलको विकासमा सहयोग पुर्याउने बताए । निजी क्षेत्रसँग सहकार्य गरेर सरकारले आर्थिक विकास गर्न चाहेको उल्लेख गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?