+
+

वीरगञ्जबाट लागूऔषधसहित ३ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक ३ गते १४:२४

३ असोज, वीरगञ्ज । वीरगञ्जबाट प्रहरीले अवैध लागूऔषधसहित ३ जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा बाँके कोहलपुर–३ बस्ने ३४ बर्षीय किरण क्षेत्री, हेटौंडा–२ बस्ने ३० बर्षीय दिपेन्द्र थापा र हेटौंडा–४ बस्ने ३० बर्षीय फिरोज अंसारी रहेका छन् ।

प्रहरी चौकी इनर्वा पर्साको टोलीले वीरगञ्ज–१६ रजतजयन्ती चोकबाट क्षेत्रीलाई लागूऔषधसहित नियन्त्रणमा लिएको थियो । भारतको रक्सौलबाट वीरगञ्जतर्फ पैदल आउँदै गरेका उनको साथबाट लागूऔषध इन्जेक्सन  फेनारगन, नोर्फिन र डाइजोपाम ११/११ थान फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

भारतको रक्सौलबाट वीरगञ्जतर्फ ना‍. १९ प. १२६७ नम्वरको मोटरसाइकलमा आउँदै गरेका दिपेन्द्र र फिरोजको साथबाट सशस्त्र प्रहरीले लागूऔषध बरामद गरेको थियो । उनीहरु लागूऔषध ओनरेक्स २८ बोतल बोकेर आउँदै गर्दा पक्राउ परेको सशस्त्र प्रहरीले जनाएको छ । शनिबार पक्राउ परेका तीनैजनालाई लागूऔषधसहित आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?