+
+

फिलिपिन्समा भ्रष्ट प्रवृत्तिका ९ हजार प्रहरी कारबाहीमा

रासस रासस
२०७६ कात्तिक ५ गते १०:०१

५ कात्तिक, मनिला । फिलिपिन्समा पछिल्ला केही वर्षमा नौ हजारभन्दा बढी प्रहरीलाई कारबाही भएको अधिकारीहरुले जनाएका छन् ।

फिलिपिन्सको राष्ट्रिय प्रहरीले सन् २०१६ को जुन ३० देखि अहिलेसम्म ९ हजार १ सय ७२ जना प्रहरीलाई कारबाही गरिएको जनाएको हो ।

कारबाहीमा परेका प्रहरीको संख्या कुल प्रहरीको संख्याको ४.७ प्रतिशत रहेको पनि प्रहरी उच्च अधिकारीहरुले सोमबार जानकारी दिएका छन् ।

कार्यवाहक प्रहरी प्रमुखले सोमबार आयोजित पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार खराब तथा भ्रष्ट प्रवृत्तिका कारण ती प्रहरीहरू कारबाहीमा परेका हुन् ।

प्रहरीका लेफि्टनेन्ट जनरल प|mान्सीस्को गाम्बोआले कारबाहीमा परेकामध्ये दुई हजार ८०६ जनालाई सेवाबाटै निस्कासन गरिएको जानकारी दिए ।

त्यसैगरी अरु ५३५ जनलाई घटुवा गरिएको, ४७ सय २१ जनालाई निलम्बन गरिएको, ७ सय ६२ जनालाई नसियत दिइएको, ६० जनालाई चार महिनाका लागि निस्कासन गरिएको, २०८ जनाको तलब रोक्का गरिएको र ८० जनालाई अधिकारबिहीन गराइएको उनले बताए ।

निस्कासनमा परेकामध्ये केही प्रहरी लागुऔषधको कारोबारमा संलग्न भएको पाइएको गोम्बोआले जानकारी दिए । उनका अनुसार सन् २०१९ को नौ महिनामा मात्रै २२ सय ८६ जना यसैखालका कारबाही भएका छन् ।

फिलिपिन्समा सरकारले लागूऔषध विरुद्धको कारबाही अभियानलाई तीव्रता दिइरहेको छ भने त्यसमा संलग्न देखिएका प्रहरी तथा अन्य सरकारी अधिकारीहरू पनि कारबाहीमा परेका हुन् । यस्तो कारबाही अभियान निरन्तर रहेको अधिकारीहरूले जनाएका छन् ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?