+
+

यी हुन् दुनियाँका सबैभन्दा लोकप्रिय सोसल साइटहरु

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक ६ गते १२:२४

सोसल मिडियाको कुरा गर्नेबित्तिकै हाम्रो दिमागमा झ्वाट्टै फेसबुकको नाम आउँछ । फेसबुक तथा यहीँ कम्पनी मातहतका इन्स्टाग्राम र ह्वाट्सएपका प्रयोगकर्ताहरु दुनियाँमा करोडौं छन् ।

फेसबुकका अलावा अन्य धेरै यस्ता सोसल मिडिया साइटहरू छन् जसका करोडौं प्रयोगकर्ता छन् । यस्ता साइटहरुले प्रयोगकर्ताहरुलाई अनलाइन जोडिनका लागि विकल्प दिन्छन् । यद्यपि, यी साइटहरुको स्वरूप तथा प्रकृति फरक फरक छ, तर सबैको साझा उद्देश्य भनेको भर्चुअल संसारमा सामाजिक जीवन बिताउनेहरुका लागि मञ्च प्रदान गर्नु हो ।

यी हुन् विश्वका सबैभन्दा लोकप्रिय सोसल साइटहरु

१. फेसबुक : निर्विवाद रुपमा फेसबुक विश्वको सबैभन्दा लोकप्रिय सोसल मिडिया साइट हो । पछिल्लो तथ्यांक अनुसार फेसबुकका सक्रिय मासिक प्रयोगकर्ताको संख्या २ अर्ब ४१ करोड रहेको छ । फेसबुकको स्थापना सन् २००४ मा भएको हो ।

२. युट्युब : भिडियो स्ट्रिमिङ्ग साइट युट्युबका मासिक सक्रिय प्रयोगकर्ताको संख्या २ अर्ब भन्दा धेरै छ ।

३. ट्वीटर : माइक्रो ब्लगिङ साइट ट्वीटर विश्वमा तिव्र गतिमा लोकप्रिय भएको हो । यसका मासिक सक्रिय प्रयोगकर्ताको संख्या ३२ करोड १० लाख छ । ट्वीटरको अर्को विशेषता के भने हरेक क्षेत्रका सेलिब्रेटीहरु ट्वीटरसँग जोडिएका छन् । सन् २००६ मा ट्वीटर सुरु भएको हो ।

४. लिंक्डइन : व्यवसायिक व्यक्तिहरुका लागि लक्षित गरी सन्२००३ मा लिंक्डइनको स्थापना भएको हो । यो साइटमा ६ करोड १० लाख उच्च तहका व्यवसायिक व्यक्तिहरु जोडिएका छन् । व्यवसायिक सम्बन्ध कायम गर्नु, आफ्नो योग्यताको बारेमा जानकारी गराई अवसरको खोजी गर्नु यसको उद्देश्य हो । लिंक्डइनका मासिक सक्रिय प्रयोगकर्ताको संख्या ३०.३ करोड रहेका छन् ।

५. इन्स्टाग्राम : फेसबुक स्वामित्वको फोटो शेयरिङ प्लाटफर्म सन् २०१० मा सुरु भएको हो । खासगरी सेलिब्रेटी र युवा वर्गमा यो प्लाटफर्म निकै लोकप्रिय छ । यसका मासिक सक्रिय प्रयोगकर्ताको संख्या १ अर्बभन्दा धेरै छन् ।

६. ह्वाट्सएप : सन् २०१४ मा फेसबुकले खरीद गरेसँगै लोकप्रियताको शिखर चुमेको च्याटिङ एप ह्वाट्सएपका मासिक सक्रिय प्रयोगकर्ताको संख्या एक अर्बभन्दा धेरै छ ।

७. स्नापच्याट : सन् २०११ मा सुरु भएको स्नापच्याटका सक्रिय मासिक प्रयोगकर्ताको संख्या ३३ करोड रहेको छ । खासगरी किशोर किशोरीहरुमा स्नापच्याट निकै लोकप्रिय रहेको छ । रोचक त के भने स्नापच्याट प्रयोगकर्तामध्ये सबैभन्दा धेरै सक्रिय प्रयोगकर्ताको उमेर १३ वर्षको आसपास छ ।

८. पिनट्रेस्ट : पिनट्रेस्टको सुरुवात सन् २०१० मा भएको हो । यसमा विभिन्न शीर्षकसँग सम्बन्धित पिन्स तथा दृश्य सामाग्रीहरु प्रयोगकर्तालाई प्राप्त हुन्छन् । यसका मासिक सक्रिय प्रयोगकर्ताको संख्या २९ करोड १० लाख छ । रोचक त के भने पिनट्रेस्टका सक्रिय प्रयोगकर्तामध्ये ८१ प्रतिशत महिला छन् । यसमा फेसन, खानेकुरा, सजावट जस्ता शीर्षकका सामाग्रीहरु निकै लोकप्रिय हुने गर्दछन् ।

९. रेडिट : सन्२००५ मा सुरु भएको रेडिट प्लाटफर्मले आफुलाई इन्टरनेटको फ्रन्ट पेज दाबी गर्दछ । अलेक्सा रेटिंग्स अनुसार रेडिट विश्वमा सबैभन्दा धेरै भिजिट गरिने टप २० साइटमा पर्दछ । यसमा डेढ लाख भन्दा धेरै कम्युनिटिज छन र मासिक सक्रिय प्रयोगकर्ताको संख्या ३३ करोड छ ।

१०. विच्याट : चीनमा प्रचलित मेसेजिङ तथा कलिङ एप विच्याटका मासिक सक्रिय प्रयोगकर्ताको संख्या ७० करोड भन्दा धेरै छ ।

स्टाटिस्टा डट कमले मासिक सक्रिय प्रयोगकर्ताको संख्याको आधारमा विश्वमा सबैभन्दा धेरै प्रयोगकर्ता भएका सोसल साइटको सूचि तयार गरेको छ । जस अनुसार फेसबुक, युट्युब, ह्वाट्सएप, फेसबुक मेसेन्जर, विच्याट, इन्स्टाग्राम, क्यूक्यू, क्यू जोन, टिकटक, सिना विबो, रेडिट, ट्वीटर, डुबान, लिंक्डइन, स्नापच्याट, पिनट्रेस्ट, भाइबर तथा डिस्कोर्ड क्रमशः पहिलो देखि १८ औँ स्थानमा रहेका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?