+
+

पूजाको खुशी

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक ६ गते १२:४३

नायिका पूजा शर्मा अभिनित कुनै पनि चलचित्र यो बर्षको मध्यसम्म रिलिज भएनन् । तर, कात्तिकको ८ गते अर्थात शुक्रबारदेखि उनी अभिनित चलचित्र ‘पोई पर्यो काले’ रिलिज हुँदैछ ।

पूजाका लागि चलचित्र रिलिजको सुरुवात शुक्रबारदेखि भएपनि उनले यो बर्ष ४ वटा चलचित्रको छायांकन सक्नेछिन् । ‘पोई पर्यो काले र सम्हालिन्छ कहिले मन’को छायांकन सकेकी पूजा अहिले ‘म यस्तो गीत गाउँछु २’मा काम गरिरहेकी छिन् । यसपछि, उनले एउटा नयाँ प्रोजेक्टमा समेत काम गर्ने तय भैसकेको छ ।

अर्कोतिर, सर्वाधिक धेरै पारिश्रमिक लिने नायिकाको रुपमा समेत उनी अगाडि देखिएकी छिन् । पूजाका लागि यो बर्ष सुखद बनिरहेको छ । चलचित्रले व्यापारिक रुपमा पनि सफलता दिएको खण्डमा उनको चर्चा अझै बढ्नेछ ।

चलचित्र ‘पोई पर्यो काले’को कथावस्तुले नै आफूलाई तानेको बताउने पूजा दर्शकले दिने प्रतिक्रियाबाट भने डर लागिरहेको बताउँछिन् । दर्शकले उनलाई लभ स्टोरी चलचित्रमा बढी रुचाएका छन् । यसैले पनि कमेडी कथाको यो चलचित्रबाट उनी आशावादी छिन् ।

तस्वीरः शंकर गिरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?