+
+

आफ्नै आमाको हत्या गरेको अभियोगमा एक जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक ८ गते १५:१८

८ कात्तिक, काठमाडौं । आफ्नै आमाको हत्या गरेको अभियोगमा नवलपरासीको सरावल गाउँपालिका-३ गोहीनीबाट शुक्रबार बिहान एक जनालाई पक्राउ गरेको छ ।

६५ वर्षीया कैलाशी देवी लोनीयालाई कुटपिट गरी हत्या गरेको अभियोगमा ४४ वर्षीय दीर्घ नारायण लोनियालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

गत असोज ३० गते घरायसी विबादका क्रममा दीर्घ नारायणले कुटपिट गर्दा बिरामी भएकी कैलाशीको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

कैलाशीलाई जिल्ला अस्पताल परासीबाट थप  उपचारको लागि गौतम बुद्ध मुटु अस्पताल बुटवल लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले दीर्घ नारायणलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?