+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

विस्थापनको कथामा चलचित्र ‘ट्याङ्चलाक’

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक ८ गते १९:२६

८ कात्तिक, काठमाडौं । जबरजस्ती विस्थापनमा परेकाहरूको कथामा बनेको चलचित्र ‘ट्याङ्चलाक’ सञ्चारकर्मीहरू बीचमा प्रदर्शन भएको छ । फिमला इन्टरटेनमेन्टको ब्यानरमा बनेको ट्याङ्चलाक (उज्यालो उन्मुख) को शुक्रबार काठमाडौंमा प्रेस शो गरिएको हो ।

पानीको चर्को अभाव खेपीरहेका तनहुँको सदरमुकाम दमौली नजिकको सुन्दर बस्ती कसरी भूमाफियाको चगुँलमा परेर विस्थापनमा पर्छ भन्ने कुरा चलचित्रमा हेर्न सकिन्छ । कथानक चलचित्र भए पनि यसमा देखाइएका स्थान, घट्ना र काल वास्तविकताको नजिक रहेको निर्देशक मेकबहादुर पुन (मेजन)ले जानकारी दिए ।

सुख, सुविधा वा शहरीकरणले एउटा मगरवस्तीलाई कसरी खण्डहर बनायो भन्ने कुराको चलचित्रले सदृश्य वर्णन गरेको छ । ‘यद्यपि यो दुःखै–दुःखको कथा भने होइन’ निर्देशक पुन भन्छन्, ‘आशामुखी भविष्य देखाउने उज्यालोतिरको यात्रा समेटेका छौं ।’

अंकित पुनले निर्माण गरेको ट्याङ्चलाकमा राज थापा, सुजन थापा, तिला मगर, मेजन पुन, सनम आले, शिला राना, रोहन तन्डुकार, टिका गिरी, कमल गिरी, किशोर खनाल लगायतले अभिनय गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?