+
+

आफन्तबाटै १० हजार भारुमा बेचिइन् किशोरी

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक २७ गते १६:१८

२७ कात्तिक, काठमाडौं । १५ वर्षीया बालिकालाई भारतको कोठीमा बेचेको आरोपमा एक महिला पक्राउ परेकी छन् ।

पक्राउ पर्नेमा ललितपुरको चापागाउँकी ५० वर्षीया सुनिता भनिने कान्छी तामाङ छन् । उनलाई मानव बेचबिखन अनुसन्धान ब्युरोले बुढानिलकण्ठ नगरपालिका, देउवा चोकबाट बुधबार दिउँसो पक्राउ गरेको हो ।

तामाङले १० हजार रुपैयाँ भारुमा भारतको मधुन भन्ने स्थानको कोठीमा बेचेको अनुसन्धानका क्रममा खुलेको छ । कोठी सञ्चालकले एक महिना कोठामा बन्धक बनाएर युवती बनाउन प्रयोग गरिने सुई र औषधि प्रयोग गरेको खुलेको ब्युरोका एसपी गोविन्द थपलियाले बताए ।

उनका अनुसार पक्राउ परेकी तामाङमाथि मानव बेचबिनखन तथा ओसारपासर ऐन अन्तरगत म्याद थप गरेर अनुसन्धान थालिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?