
३ मंसिर, काठमाडौं । विगत २२ वर्षदेखि ग्राहकहरुलाई उत्कृष्ट बैंकिंङ सेवा प्रदान गर्दै आइरहेको एनआईसी एसिया बैंकले सबै ग्राहकहरुलाई अधिकतम सुविधा प्रदान गर्ने उद्देश्यले नयाँ सुपर चमत्कारिक मासिक निक्षेप खाता सार्वजनिक गरेको छ ।
सबै तह र तप्काका ग्राहकहरुलाई उपयुक्त “सुपर चमत्कारिक मासिक निक्षेप खाता” यस बैंकमा खाता भएका इच्छुक सबै खातावाहकहरु तथा नयाँ खाता खोल्न चाहनेहरुले यस खाता खोली अधिकतम लाभ लिन सक्ने बैंकले जनाएको छ ।
यो योजनाअन्तर्गत थोरै-थोरै रकम जम्मा गरी कुनै लगानी तथा आफ्नो आम्दानीलाई नियमित रुपमा बचत गरी आवश्यकताहरु पूरा गर्न, भविष्यका योजनाहरु जस्तै विदेश भ्रमण, इच्छाइएको बहुमूल्य सरसामानहरु जोड्न र बचत खाताबाटै मुद्दती खाता बराबरको प्रतिफल प्राप्त गर्न सकिनेछ । यस निक्षेप योजनाबाट आम जनमानसको बचत गर्ने बानीलाई थप सहज बनाउँदै, प्रोत्साहन गर्ने र बचतको उचित प्रतिफल प्राप्त गर्न सक्नुहुने विश्वास बैंकले लिएको छ ।
यस निक्षेप योजनामा तीन महिनादेखि १० वर्षसम्म न्यूनतम रु. ५०० को गुणनमा निश्चित रकमबाट खाता सुचारु गर्न सकिनेछ । कुनै पनि समय आफूसँग अतिरिक्त रकम भएमा रु. १०० को गुणन दरले रु. ५०० भन्दा बढी रकम जम्मा गरी ९.७५% व्याज प्राप्त गर्न सक्नेछन् ।
प्रतिक्रिया 4