+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

वर्तमान सरकार असफल : विश्वप्रकाश शर्मा   

रासस रासस
२०७६ मंसिर ५ गते १९:४१

५ मंसिर, इनरुवा । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले वर्तमान सरकार असफल भएको बताएका छन् ।

नेपाल प्रेस युनियन धरान सुनसरीले धरान उपमहानगरपालिकामा बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले अहिलेको वर्तमान सरकारका मन्त्रीहरुले राम्रोसँग काम गर्न नसकेका कारण मन्त्रिमण्डल पुनर्गठन भएकाले वर्तमान सरकार असफल भएको पुष्टि भएको बताए ।

केपी ओली शर्माले असफल मन्त्री भन्दै मन्त्री हेरफेर गर्नुभएकाले यो कुराको पुष्टि भएको कांग्रेस प्रवक्ता शर्माको भनाइ थियो । उनले सरकारको कमजोरीलाई लिपिबद्ध गरेर भर्खरै घोषणापत्र सार्वजनिक गरेको भन्दै उपनिर्वाचन सरकारको कामकाजको मूल्याङ्कन गर्ने अवसर भएको बताए ।

उनले सुनसरीको धरानमा मंसिर १४ गते हुने उपनिर्वाचनमा कांग्रेस तर्फका उम्मेदवार तिलक राइलाई मतदान गर्नका लागि आग्रह गरे ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?