+
+

प्रदेश २ मा मंसिर १५ र १७ गते सार्वजनिक बिदा

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर १२ गते १२:५३

१२ मंसीर, जनकपुरधाम  । सबैभन्दा बढी सार्वजनिक बिदा दिएर चर्चामा आएको प्रदेश २ मा आगामी हप्ता पुनः दुई दिन सार्वजनिक बिदा हुने भएको छ ।

मंसिरमा विवाह पञ्चमीको अवसरमा एक दिन बिदा दिएको प्रदेश २ सरकारले यो बिदाको लगत्तै अर्काे बिदा दिने निर्णय समेत गरेको छ । विवाहपञ्चमीको अवसरमा मंसिर १५ गते आइतबार प्रदेशमा बिदा हुने सूची सरकारले यसअघि नै सार्वजनिक गरिसकेको छ ।

अर्काे बिदा भने मंसीर १७ गते मंगलबार हुने भएको छ । बारा जिल्लास्थित प्रसिद्व गढीमाइको पञ्चबर्षीय मेलाको अवसर पारेर मंगलबार बिदा दिइएको मुख्यमन्त्री कार्यालय जनकपुरधामले जनाएको छ । गत मंसिर ११ गते बसेको मन्त्रीपरिषद् बैठकले मंगलबार बिदा दिने निर्णय गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?