
१२ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था बुझ्न राष्ट्रपति विद्यादेवी भण्डारी मनमोहन कार्डियोथोरासक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर पुगेकी छन् ।
राष्ट्रपति भण्डारी बिहीबार साँझ ७ः ४० बजे महाराजगञ्जस्थित सेन्टर पुगेकी थिइन् ।
उनले प्रधानमन्त्रीलाई भेटेर उपचार र स्वाथ्य स्थितिबारे जानकारी लिएको प्रधानमन्त्रीको प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । उनले प्रधानमन्त्रीको स्वास्थ्यमा भइरहेको सुधारप्रति खुसी व्यक्त गर्दै स्वास्थलाभको शुभकामना दिएकी छन् ।
प्रधानमन्त्री ओलीको मंगलबार एपेन्डिसाइटिसको अप्रेसन गरिएको थियो । बुधबार सघन उपचार कक्षमा सारिएका उनको स्वास्थ्यमा उल्लेख्य सुधार आएको चिकित्सकहरुले बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4