१६ मंसिर, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग)को पुरुष फुटबलमा यु–२३ माल्दिभ्स र यु–२३ श्रीलंकाले अंक बाँडेका छन् । दशरथ रंगशालामा सोमबार साँझ भएको खेलमा दुबै टिमले गोल गर्न सकेन ।
सोमबार दिउँसो भएको खेलमा बंगलादेशलाई पराजित गरेर भुटानले तीन अंक जोडी सकेको छ ।
पुरुष फुटबलमा भारत सहभागी नहुने भएपछि राउन्ड रोबिन लिगको आधार प्रतिस्पर्धा हुने भएको छ । नेपाल, भुटान, बंगालादेश, माल्दिभ्स र श्रीलंका सहभागी फुटबलमा शीर्ष दुई टिम फाइनल प्रवेश गर्नेछन् ।
साविक विजेता यु–२३ नेपालले आफ्नो पहिलो खेल मंगलबार दिउँसो भुटानसँग खेल्नेछ ।