Comments Add Comment

रूसका ३ युवतीद्वारा बलात्कारी बाबुको हत्या

१८ मंसिर, काठमाडौं । हरेक बाबु–आमाले आफ्नो सन्तानको भलो चाहन्छन् । सन्तानलाई सतमार्गमा हिँडाउन अभिभावकले निरन्तर अग्रसरता लिइरहेका हुन्छन् ।

तर, कतिपय यस्ता बाबु पनि हुन्छन्, जो आफ्नै सन्तानमाथि सोच्नै नसकिने हर्कत गर्न अग्रसर हुन्छन् ।

रूसमा एक बाबुले आफ्नै तीन छोरीमाथि यौन शोषण तथा बलात्कार गरेको खुलासा भएको छ । र, बदलामा बाबुबाट यौन शोषणमा परेका छोरीहरूले चक्कु प्रहार गरेर उनको इहलीला समाप्त पारिदिएका छन् ।

क्रेस्टिना, एन्जेलिना र मारिया खचतुर्यानले यौन दूराचारी आफ्नै बाबुमाथि चक्कु प्रहार गरेर हत्या गरेका हुन् । छोरीहरुको आक्रमणबाट घाइते मिखाइलको हालै मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

समाचारहरूमा जनाइएअनुसार मिखाइलले दुई वर्षअघि १७, १८ र १९ वर्षका आफ्ना तीनै छोरीमाथि यौन शोषण तथा बलात्कार गरेका थिए ।

अतिचार गरेपछि आफ्नै बाबुको ज्यान लिने तीन युवतीबारे चर्चा चुलिएको छ । बाबुको ज्यान लिने छोरीहरूको सजायबारे पनि विभिन्न धारणाहरू बाहिरिएका छन् । महिला अधिकारकर्मीहरूले उनीहरूलाई जेल नपठाएर उपचार गर्नुपर्ने माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment