+
+
Shares

गान्धीका हत्यारालाई देशभक्त भनेकी भाजपा सांसदले माफी मागिन्

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर १३ गते १४:५१

काठमाडौं । भारतीय जनता पार्टी (भाजपा)का सांसद प्रज्ञा ठाकुरले लोकसभा बैठकमा महात्मा गान्धीको हत्यारा नाथुराम गोड्सेबारे दिएको अभिव्यक्तिप्रति माफी मागेकी छन् ।

‘गोड्सेको बारेमा दिएको अभिव्यक्तिले कसैलाई ठेस लागेको भए म क्षमा माग्न चाहन्छु,’ ठाकुरले भनिन् ।

लोकसभा बैठकमा उनले भनिन्, ‘यदि मैले लोकसभा बैठकमा कुनै पनि हिसाबले कसैलाई अपमान गरेको छु भने म यसको लागि क्षमा चाहन्छु र त्यसका लागि क्षमा माग्छु ।’

यद्यपि आफ्नो भनाइलाई तोडमोड गरेर प्रस्तुत गरिएको उनको दाबी छ ।

कांग्रेस नेता राहुल गान्धीको नाम उल्लेख नगरी उनले भनेकी छन्, ‘मेरोविरुद्ध कुनै आरोप प्रमाणित भएको छैन, आरोप कै आधारमा मलाई आतंकवादी भन्नु गलत हो ।’

प्रज्ञा ठाकुरले बुधवार लोकसभामा देशभक्त महात्मा गान्धीको हत्यारा नाथुराम गोडसेलाई देशभक्त भन्दै आफ्नो धारणा राखेकी थिइन् । भाजापाले सांसद प्रज्ञा ठाकुरलाई कारबाही गर्ने क्रममा उनलाई रक्षासम्बन्धी सल्लाहकार समितिबाट हटाउने निर्णय गरेको थियो ।

नोभेम्बर २८ मा राहुल गान्धीले ट्वीट गर्दै भनेका थिए, ‘आतंकवादी प्रज्ञाले आतंवाकी गोडसेलाई देशभक्त भनिन्, भारतीय संसदको इतिहासमा यो दुःखद दिन हो ।’

प्रज्ञासिंह ठाकुर मध्य प्रदेशको भोपालका भाजपा सांसद हुन् । उनले यस वर्षको चुनावमा कांग्रेसका वरिष्ठ नेता दिग्विजय सिंहलाई हराएकी थिइन् । प्रज्ञा सिंह ठाकुर २००८ को मालेगाउँ विस्फोटका आरोपी पनि हुन् । स्वास्थ्यका कारण अहिले जमानतमा बाहिर छिन् ।

यसभन्दा अघि पनि प्रज्ञासिंह ठाकुरले नाथूराम गोडसेलाई महात्मा गान्धीको देशभक्तको रूपमा हत्या गरेको आरोप लगाएकी थिइन् । त्यसबेलाका प्रधानमन्त्री नरेन्द्र मोदीले भनेका थिए कि उनको भनाइको कारणले उनलाई कहिल्यै माफ गर्न सक्ने छैन ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?