+
+

मन्त्रीले बनाए नेपाल इन्जिनियरिङ कलेजको नयाँ सञ्चालक समिति

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर २३ गते २०:११

२३ मंसिर, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नेपाल इन्जिनियरिङ कलेजको नयाँ संचालक समिति गठन गरेको छ । यससँगै कलेज सञ्चालक समूहबाट लम्बोदर न्यौपाने समूह बाहिरिएको छ ।

शिक्षामन्त्री गिरिराजमणि पोखरेलले अदालतबाट आउने निर्णयलाई मान्ने गरी हाललाई संसदीय समितिको सिफारिसअनुसार कलेजलाई स्थानीय सरकारको प्रत्यक्ष निगरानीमा सञ्चालन गर्ने निर्णय गरेका हुन् ।

चाँगुनारायण नगरपालिकाका प्रमुखको अध्यक्षमा गठित नौं सदस्यीय सञ्चालक समितिमा पोखरा विश्वविद्यालयका प्रतिनिधिलगायत छन् । यो कलेज पोखरा विश्वविद्यालयसँग समन्वय गरी नगरपालिकाले गर्नेछ ।

इन्जिनियरिङको पढाइमा अब्बल यो कलेजमा पछिल्लो समय सञ्चालकहरुबीच विवाद चर्किएको थियो । कलेजको सम्पत्ति हत्याउन लम्बोदर न्यौपाने र अर्को समूहबीच विवाद मिलाउने नाममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकले घुस समेत लिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?