+
+

सागमा स्वर्ण जित्ने सुदूरपश्चिमका खेलाडीलाई प्रदेश सरकारले १ लाख दिने

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर २६ गते १७:४६

२६ मंसिर, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा पदक जित्ने सुदूरपश्चिम प्रदेशका खेलाडीलाई प्रदेश सरकारले नगद पुरस्कारसहित सम्मान गर्ने भएको छ ।

मुख्यमन्त्री त्रिलोचन भट्टले १३ औ सागमा पदक जित्ने सुदूरपश्चिम प्रदेशका खेलाडीलाई नगदसहित सम्मान गर्ने घोषणा गरेका हुन् । स्वर्ण पदक विजेता खेलाडीलाई जनही १ लाख, रजत पदक विजेतालाई ५० हजार र कांस्य पदक विजेतालाई ३० हजार दिने घोषणा गरेको मुख्यमन्त्रीका प्रमुख स्वकिय सचिव शिवसिंह ओलीले जानकारी दिए ।

‘खेलाडीको उत्प्रेरणा बढाउने उद्देश्यले मुख्यमन्त्रीज्यूले घोषणा गर्नुभएको हो’ उनले भने, ‘सबै प्रक्रिया पूरा गरेर सामाजिक विकास मन्त्रालयबाट रकम हस्तान्तरण गरिने छ ।’

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १०, बुधबार
0 - 1
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?