Comments Add Comment

नागरिकता कानूनको विरोधमा हिंसात्मक प्रदर्शन दुर्भाग्यपूर्ण : मोदी

३० मंसिर, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नागरिकता कानूनको विरोधमा भइरहेको हिंसात्मक प्रदर्शन दुर्भाग्यपूर्ण र चिन्ताजनक भएको बताएका छन् ।

भारतको दुबै सदनले नागरिकता कानून पारित गरेको छ तर असामलगायतका स्थानमा आन्दोलन भइरहेको छ । प्रधानमन्त्री मोदीले ट्वीट गर्दै भनेका छन्, ‘बहस, सम्वाद र असहमति लोकतन्त्रको जरुरी हिस्सा हो तर सार्वजनिक सम्पत्तिको क्षति र सामान्य जनजीवनमा अवरोध गर्नु कुनै अर्थमा सही होइन ।’

उनले नागरिकता कानूनलाई राजनीतिक दल र ठूलो संख्याका सांसदहरुको समर्थन रहेको र यो कानूनमा भारतको सदियौं पुरानो स्वीकार्यताको संस्कृति, सद्भावना, करुणा र भाइचारा समाहित भएको दाबी समेत गरेका छन् ।

मोदीले नागरिकता कानूनले कुनै पनि नागरिक, चाहे उ कुनै पनि धर्मको होस्, उ प्रभावित नहुने बताएको छ । उनले भनेका छन्, ‘यो कानूनलाई लिएर डराउन जरुरी छैन । यो कानून उनीहरुका लागि हो, जो वर्षौदेखि पीडा सहँदै आएका छन् र उनीहरुसँग भारत बाहेक अर्को कुनै जाने ठाउँ छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment