Comments Add Comment

पुरुष डबल्स ब्याडमिन्टनको उपाधि बस्नेत र अधिकारीको जोडीलाई

६ पुस, बुटवल । दोस्रो खुल्ला तथा भेट्रान्स पुरुष डबल्स ब्याडमिन्टन प्रतियोगिताको उपाधि पोखराका विशाल बस्नेत र बिधान अधिकारीको जोडीले चुमेका छन् ।

लाफा समूहको आयोजनामा आइतबार भएको प्रतियोगिताको फाइनल खेलमा बुटवल ब्याडमिन्टल क्लबका गणेश रायमाझी र विशाल खड्काको जोडीलाई २२—२० र २१—१९ को सोझो सेटमा पराजित गर्दै उपाधि हात पारेका हुन् ।

उपाधिसँगै बस्नेत र अधिकारीको जोडी नगद ५१ हजार १ सय ११ रुपैयाँ, कप, मेडल तथा प्रमाणपत्रबाट पुरस्कृत भएका छन् । उपविजेता रायमाझी र खड्काको जोडी नगद ४१ हजार १ सय ११, कप, मेडल तथा प्रमाणपत्रमा चित्त बुझाएका छन् ।

प्रतियोगितामा पोखराका विश्वास नेपाल र कृष्ण बस्नेत तथा तामनगरका सरल थापा र केशव कुवरको जोडी तृतिय हुँदै नगद ३१ हजार १ सय ११ रुपैया नगदसहित कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भएका छन् ।

प्रतियोगिताको भेट्रान्सतर्फको उपाधि बर्दघाटका बेल छन्त्याल र करन बिकको जोडीले हात पारेका छन् ।फाईनल खेलमा बर्दघाटका बेल छन्त्याल र करन बिकको जोडीले बिरेन्द्र सिह बिष्ट र दिपक अधिकारीको जोडीलाई २२—२०, २१—१९ सोझो सेटमा पराजित गर्दै उपाधि हात पारेका हुन् ।

उपाधिसँगै जोडीले नगद २१ हजार १ सय ११ बाट पुरस्कृत भएका छन। उपविजेता बीरेन्द्र सिंह बिष्ट र दिपक अधिकारीको जोडी नगद नगद १५ हजार १ सय ११ मा चित्त बुझाएका छन् ।

प्रतियोगितामा अरुणखोलाका रुद्र सुर्यवंशी र कुमार लाम्गादे तथा खैरियाका मुधु पुलामी र दिलिप पुनको जोडी तृतिय स्थान हासिल गर्दै नगद १० हजार १ सय ११ कप, मेडल तथा प्रमाणपत्रबाट पुरस्कृत भएका छन् ।

प्रतियोगितामा लाफा समहका सुशील गिरि, रोशन कुमाल उत्कृष्ट खेलाडी तथा बर्दघाटका दिवस सुनार अनुसासित खेलाडीबाट पुरस्कृत भएका छन् ।  पुस ५ र ६ गते दुई दिन चलेको प्रतियोगितामा मेन्स डल्समा ६९ र भेट्रान्सतर्फ २८ टिमले भाग लिएका थिए । एक कार्यक्रमका बिच बुटवल उपमहानगरपालिकाका नगरप्रमुख शिवराज सुवेदी, समुहका अध्यक्ष तारासिंह रेश्मीले पुरस्कार वितरण गरेका छन् ।

प्रतियोगिताको प्रथम पुरस्कार सौजन्य नरेश रानाबाट भएको थियो । कार्यक्रममा अन्तराष्ट्रिय भलिबल खेलाडी कुल बहादुर थापा हरि, राष्ट्रिय भलिबल खेलाडी विनय गुरुङ, खुम प्रसाद पाण्डेलाई मायाको चिनोबाट सम्मान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

गुल्जार छ रारा

Advertisment