+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

नक्कली नोट कारोबार गर्ने ४ जना बंगलादेशी नागरिक पक्राउ   

रासस रासस
२०७६ पुष ८ गते १६:२८

८ पुस, मध्यपुरथिमि । एक हजार दरका नक्कली नोटको कारोबार गर्ने चारजना बंगलादेशी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त थिमिको टोलीले उनीहरुलाई मंगलबार पक्राउ गरेको हो । पक्राउ पर्नेमा बंगलादेश नेत्रकुना घर भई मध्यपुरथिमि–१ लोकन्थली बस्ने ४१ वर्षीय अलि अहमद, २१ वर्षीय रोबेल मिक्दा र २१ वर्षीय महमद उल्लाहा रहेका छन् । त्यस्तै मुख्य अभियुक्त भनिएका फरार सुमन खानलाई पेप्सीकोला टाउन प्लानिङमा लुकिछिपी बसिरहेको अवस्थामा प्रहरीले पक्राउ गरिएको छ ।

पक्राउ परेका चारै जनालाई आवश्यक कानूनी कारबाहीको प्रक्रिया अगाडि बढाएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख सबिन प्रधानले जानकारी दिए ।

गत पुस ३ गते भक्तपुरको मध्यपुर थिमी नपा–१ मा रहेको परिधि गिफ्ट पसलमा शपबाट बंगलादेश फरिदपुर घर भई हाल लोकन्थली बस्ने २६ वर्षीय सुमन खानले सामान खरिद गरी नक्कली नोट रु दुई हजार दिई फरार भएको भन्ने सूचनाका आधारमा प्रहरीले खोजी गरेको थियो ।

खोजी गर्ने क्रममा खान लोकन्थलीस्थित लक्ष्मी सिलाइ केन्द्रमा काम गर्ने भन्ने जानकारीका आधारमा उनको कोठामा खानतलासी गर्दा एक हजार दरका थप १६ थान नक्कली नोट बरामद गरेको र उनीसँगै कोठामा बस्ने तीनजनालाई पक्राउ गरेको उनले जानकारी दिए ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?