
१६ पुस, काठमाडौं । काठमाडौंको हात्तिसारस्थित फोकस डान्स बारले आवश्यकताभन्दा बढी रकम लिएको भन्दै प्रहरीमा उजुरीमा परेको छ । महानगरीय प्रहरी वृत्त, दरबारमार्गमा जाहेरी परेपछि बारका ४ जना कर्मचारी पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा नुवाकोट घर भई ललितपुर भैंसेपाटी डेरा गरी बस्ने २४ वर्षीय सनिगरु आचार्य, गोरखाका १९ वर्षीय सुनील मग्राती, ३१ वर्षीय शिव थापा र मोरङका १९ वर्षीय अभिषेक राई छन् । ।
दरबारमार्ग प्रहरी प्रमुख डीएसपी विनोद घिमिरेका अनुसार भारत उत्तराखण्ड घर भएका गणेश सिंह बगडवाललगायत ७ जनाले खाएको भन्दा बढीको बिल दिएपछि उजुरी आएको बताए । उनले अनलाइनखबरसँग भने, ‘हामीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेका छौं ।’
न्यू इयर इभ मनाउनलाई उनीहरु गएराति बारमा गएका थिए । पीडितको दाबीअनुसार बारले लिनुपर्नेभन्दा ९० हजार रुपैयाँ बढी असूल गर्न खोजेको थियो ।
अनुसन्धानका क्रममा प्रहरीले डान्सबारको काउन्टरबाट १ लाख ५८ हजार ८ सय ३० भारतीय रुपैयाँ र २६ हजार ९ सय २० नेपाली रुपैयाँ बरामद गरेको छ । थप अनुसन्धान जारी छ ।
प्रतिक्रिया 4