+
+
WC Series
विराटनगर किंग्स 2025
94/10 (17.5)
VS
Lumbini Lions won by 40 runs
Won लुम्बिनी लायन्स 2025
134/8 (20)
Shares

जगदम्बा सिमेन्ट तथा शुभश्री जगदम्बा सिमेन्ट मिल्सको ध्यानाकर्षण

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष १८ गते १५:५३

१८ पुस, काठमाडौं । जगदम्बा सिमेन्ट तथा शुभश्री जगदम्बा सिमेन्ट मिल्सले केही सञ्चार माध्यम तथा सामाजिक सञ्जालहरुमार्फत आफ्ना उत्पादनबारे विभिन्न भ्रमपूर्ण र कपोकल्पित लेख आएको प्रति गम्भीर ध्यानाकर्षण भएको जगदम्बा सिमेन्ट तथा शुभश्री जगदम्बा सिमेन्ट मिल्सले बताएको छ ।

जगदम्बा सिमेन्ट तथा शुभश्री जगदम्बा सिमेन्ट मिल्स्का उत्पादनहरु पिपिसि,ओपि सि तथापि एस सिसिमेन्टहरु नेपाल गुणस्तर चिन्ह (ने.गु.३८५, ने.गु.४९तथा ने.गु.३८४ ) तथा आईएसएओ ९००१ः २००८ बाट प्रमाणित भएको कम्पनीले स्मरण गराएको छ ।

कम्पनीका उत्पादनहरु आफ्नै सुविधा सम्पन्न प्रयोगशालामा दैनिक रासायनिक तथा भैतिक परीक्षण गरेर मात्र बजारमा बिक्रीका लागि पठाउने गरिएको कम्पनीले बताएको छ ।

साथै जगदम्बा सिमेन्ट नेपाल गुणस्तरद्वारा प्रदान गरिने गरिमामय क्वालिटी अवार्डमा लगातार तिन पटक लेटर अफ एपि्रसिएसनद्वारा सम्मानित भएको जानकारी दिइएको छ ।

‘हाम्रा उत्पादनहरु सदैव गुणस्तरीय रहेको र रहिरहने प्रतिबद्धता ब्यक्त गर्दै यस उद्योगसँग आबद्ध विक्रेता, डिलर, खरिदकर्ता तथा उपभोक्तहरुलाई उद्योगको उत्पादनहरुको गुणस्तरप्रति विश्वस्त हुन आग्रह गर्दै निर्धक्क रुपमा प्रयोग गर्न समेत विनम्र अनुरोध गर्दछौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?