+
+

सुडान काण्डका दोषी भारती जेलमुक्त

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष २० गते १९:२१

२० पुस, काठमाडौं । चर्चित सुडान घोटाला काण्डका दोषी शम्भु भारती डिल्लीबजार कारागारबाट जेलमुक्त भएका छन् ।

सर्वोच्च अदालतले थुना बाहिरै बसेर मुद्दाको पुनरावलोकन गर्न दिने सुविधा दिएपछि भारती छुटेका हुन् ।

अदालतको पत्रअनुसार भारतीलाई थुनामुक्त गरिएको डिल्लीबजार कारागारकी निमित्त जेलर सिता अधिकारीले अनलाइनखबरलाई बताइन् । भारतीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले ललितपुरस्थित निवासबाटै १२ भदौमा पक्राउ गरेको थियो ।

यसअघि सर्वोच्च अदालतले नै भारतीलाई १४ करोड २० लाख रुपैयाँ विगो र जरिवानासहित एक वर्ष जेल सजाय फैसला गरेको थियो । भारती निर्माण कम्पनी अस्योर्ड रिक्स लिमिटेड, लन्डनका स्थानीय प्रतिनिधि एवं भगवती ट्रेडर्सका सञ्चालक थिए । यही कम्पनीबाट खरिद भएको सामानमा अनियमितता भएको सार्वजनिक भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?