+
+

दिलीपको परिवारलाई पाँच लाख दिने प्रदेश सरकारको घोषणा

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष २८ गते ११:२६

२८ पुस, जनकपुरधाम । प्रदेश २ सरकारले नदी उत्खननको विरोध गरेकै कारण हत्या गरिएका धनुषाको मिथिला नगरपालिका-५ का दिलीप महतोको परिवारलाई आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।

सोमबार बिहान बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले दिलीपको परिवारलाई ५ लाख आर्थिक सहयोग गर्ने निर्णय गरेको हो । ‘मृतकको परिवारलाई ५ लाख सहयोग गर्ने निर्णय भएको छ,’ प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र यादवले भने ।

अवैध उत्खननको विरोध गर्दै आएका दिलीपको शुक्रबार बिहान हत्या भएको थियो । हत्यामा संलग्न भएको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?