
अवरूद्ध पार्न सडकमा खनिएको खाल्टो र राति पुनः मर्मत गरिँदै ।
१ माघ, गुल्मी । गुल्मीमा एक निर्माण व्यवसायीले भुक्तानी नपाएपछि आफैले निर्माण गरेको सडक भत्काएका छन् ।
जिल्लाको कालीगण्डकी गाउँपालिका-२ को आर्बेनी देउराली भयकोटको सडक निर्माण व्यवसायी कूलप्रसाद न्यौपानेले भत्काइदिएका हुन् ।
निर्माण व्यवसायीले भत्काइदिएपछि मंगलबार दिनभर बन्द थियो । पैदलै हिड्नसमेत कठिन भएको थियो ।
लामो समयसम्म रकम उपलब्ध नगराएपछि सडक भत्काइदिएको निर्माण व्यवसायी न्यौपानेले बताएका छन् । तर जनस्तरबाट आलोचना भएपछि मंगलबार राति पुनः मर्मत गरिदिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4