+
+

वन फडानी रोक्न विप्लव समूहको माग

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ ३ गते १९:३८

३ माघ, बुटवल । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले तराई क्षेत्रका वनमा व्यापक वन फडानी भएको भन्दै रोक्न माग गरेको छ ।

शुक्रबार अवध प्रदेशका प्रमुख नाथुप्रसाद थारुले एक प्रेस विज्ञप्ति जारी गर्दै तराई क्षेत्रमा वैज्ञानिक वन व्यवस्थापनको नाममा वन तस्कर, कर्मचारी र आइएनजीओसमेत मिलेर वन क्षेत्रको अत्यधिक दोहन गरेको भन्दै तत्काल नरोके कारवाही गर्ने चेतावनी दिएका छन् ।

वैज्ञानिक वन व्यवस्थानको नाममा साललगायतका घना जङ्गल फडानी गरी वन क्षेत्रलाई उजाड चउरमा परिणत गरिएको भन्दै विज्ञप्तिमा यसले एकातिर प्राकृतिक प्रकोपको जोखिम बढेको र अर्कोतिर पर्यावरणमा समेत गम्भीर असर पारेको उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?