Comments Add Comment

बागमती प्रदेश लोकसेवाले पूर्णता पायो

६ माघ, हेटौंडा । बागमती प्रदेश लोकसेवा आयोगको सदस्यमा सिफारिस भएका दुई जनाले सपथग्रहण गरेका छन् ।

प्रदेश लोक सेवा आयोगमा सिफारिस भएका सदस्य सुर्दशन ढकाल र शर्मिला न्यौपानेले सोमबार प्रदेश प्रमुखको कार्यलयमा सपथग्रहण गरेका हुन् ।

बागमती प्रदेश प्रमुख बिष्णुप्रसाद प्रसाईं, मुख्यमन्त्री डोरमणि पौडेल तथा सभामुख सानुकुमार श्रेष्ठको उपस्थितिमा सदस्यद्वयलाई बागमती प्रदेश लोकसेवा आयोगका अध्यक्ष सुरेन्द्रमान श्रेष्ठले पद तथा गोपनियताको सपथ गराएका थिए । सपथग्रहणसँगै बागमती प्रदेश लोकसेवा आयोगले पूर्णता पाएको छ ।

कार्यक्रममा बागमती प्रदेश प्रमुख प्रसाइले संविधानले दिएको अधिकारलाई समुचित प्रयोग गर्दै प्रदेशको समग्र विकासका लागि आवश्यक दक्ष जनशक्ति उत्पादन गर्ने कार्यमा लाग्न आयोगलाई निर्देशन दिए ।

प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल, सभामुख सानुकुमार श्रेष्ठ र प्रमुख प्रतिपक्ष दलका नेता इन्द्रबहादुर बानियाँको सहमतीमा माघ ५ गते दुईजना सदस्य सिफारिस गरिएको हो ।

सिफारिस भएका प्रदेश लोकसेवा आयोगका सदस्य ढकाल पूर्वसहसचिव हुन् भने न्यौपाने टिचिङ अस्पतालमा अध्यापन गराउँदै आएकी थिइन् । न्यौपाने प्रतिपक्षी दल नेपाली कांग्रेसको कोटामा परेकी हुन् ।

प्रदेशसभाबाट गत भदौ १४ गते लोकसेवा आयोग गठनसम्बन्धी विधेयक पारित भएको थियो । बागमतीका मुख्यमन्त्री डोरमणि पौडेल संयोजक रहेको सिफारिस समितिले गत कात्तिक २९ गते अध्यक्षमा सुरेशमान श्रेष्ठलाई सिफारिस गरेको थियो ।

प्रदेश लोकसेवा आयोगका पदाधिकारीको सेवा अवधि ६ वर्ष तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment